प्रदेश राजधानी विवाद : बुटवलमा निषेधाज्ञा जारी

appharu
13
Shares

प्रदेश राजधानीको विषयमा आन्दोलन चर्किएपछि रुपन्देहीको बुटवलमा निषेधाज्ञा जारी भएको छ । बुटवलबाट प्रदेश राजधानी दाङ सार्ने प्रस्तावको बिरोधमा प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देही बुुटवलका केही स्थानलाई निषेधित क्षेत्र तोक्दै ५ जना भन्दा बढी जम्मा हुन रोक लगाएको हो ।

जसअनुसार शनिबार राति साढे ८ बजे सूचना जारी गरी असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि विभिन्न स्थानलाई निषेधित क्षेत्र तोकेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको जनाएको छ । मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म ५ जना भन्दा धेरै भेला हुन पाइनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?