कोरोना संक्रमितको संख्यामा चीनलाई जित्दै नेपाल

नेपालमा कोरोना संक्रमितको संख्या चीनमा जत्तिकै पुग्न लागेको छ ।
हालसम्म चीनमा कोरोनाभाइरस संक्रमितको संख्या ८५ हजार ४३४ पुगेको छ भने त्यसमा ४ हजार ६३४ जनाको मृत्यु समेत भएको छ । यस्तै चीनमा सक्रिय संक्रमित१८९ जनामात्रै रहेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ भने २ जनाको अवस्था गम्भीर छ ।

नेपालमा संक्रमित बढ्ने क्रममा नेपालमा चीनको भन्दा ६५ जनामात्रै कम संक्रमित रहेका छन् । अर्थात शनिबारसम्म नेपालमा संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ भने जसमध्ये सक्रिय संक्रमित २१ हजार ३०२ जना रहेका छन् । यस्तै हालसम्म ५२ जनाको मृत्यु भएको छ ।
नेपालमा पहिलो पटक चीनबाट आएका एक विद्यार्थीमा नै कोरोना संक्रमण पुष्टि भएको थियो । गत वर्षको माग १० गते चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपाल आएको बेला कोरोना पुष्टि भएको थियो ।

हालसम्म चीनमा १६ करोड मानिसमा कोरोना परीक्षण भएको भने नेपालमा शनिबारसम्म १० लाख ६१ हजार ६६४ जनाको कोरोना परीक्षण भएको छ ।

स्मरणीय रहोस् गतवर्षको डिसेम्बरको सुरुतिर चीनको उहानमा पहिलो पटक एक व्यक्तिमा कोरेनाभाइरसको संक्रमण देखियो । त्यहीबाट विश्वभर कोरोना फैलिएको विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?