प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । सल्लाहकार भट्टराईले आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

उनले भनेका छन् “हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ ।”

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?