काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप २ हजार १२० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार ९७८ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १ हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जनासहित २ हजार १२० योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।
यस्तो छ पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको जिल्लगत विवरण :



यस्तै बितेको २४ घण्टामा थप २ हजार ४४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ७४० पुगेको छ । यो कुल संक्रमितको ७४.१ प्रतिशत हो ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा ५६५५ जना
प्रदेश २ मा १४२१५ जना
वाग्मती प्रदेश १९६५६ जना
गण्डकी प्रदेशमा ३५९९ जना
प्रदेश ५ मा ९३४६ जना
कर्णाली प्रदेशमा ३१५५ जना
सुदूरपश्चिम प्रदेशमा ७११४ जना
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २१ हजार ३०२ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ११ हजार ५२९ जना र संस्थागत आईसोलेसनमा ९ हजार ७७३ जना छन् । तिमध्ये २१७ जना संक्रमितको आईसियु र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार २७३ जना रहेका छन् ।
५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ७ जिल्ला
- काठमाडौं
- ललिपपुर
- भक्तपुर
- चितवन
- मोरङ
- रुपन्देही
- सिरहा
एक जना पनि कोरोना संक्रमित नभएका यी ३ जिल्ला
- मनाङ
- मुस्ताङ
- डोल्पा
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या नेपालमा ४२८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

काठमाडौं उपत्यकामा एकैपटक थपिए ११ सय भन्दा धेरै कोरोना संक्रमित
- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार १७७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा काठमाडौंका १ हजार १ जना, ललितपुरका १०९ जना र भक्तपुरका ६७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमााडौंका २ जना र ललितपुरका १ जना रहेका छन् ।
हिजो (शुक्रवार) नेपालमा २ हजार ७२२ जनामा संक्रमण पुष्टि भएको थियो । ३ हजार ३०७ जना संक्रमणमुक्त भएका थिए भने ११ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया