काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप २ हजार ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६२ हजार ७ सय ४० रहेको छ । कुल संक्रमित मध्ये ७४.१ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा ५६५५ जना
प्रदेश २ मा १४२१५ जना
वाग्मती प्रदेश १९६५६ जना
गण्डकी प्रदेशमा ३५९९ जना
प्रदेश ५ मा ९३४६ जना
कर्णाली प्रदेशमा ३१५५ जना
सुदूरपश्चिम प्रदेशमा ७११४ जना
बितेको २४ घण्टामा नेपालमा थप २ हजार १२० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार ९७८ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १ हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जनासहित २ हजार १२० योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २१ हजार ३०२ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ११ हजार ५२९ जना र संस्थागत आईसोलेसनमा ९ हजार ७७३ जना छन् । तिमध्ये २१७ जना संक्रमितको आईसियु र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार २७३ जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिराहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५२८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ ।
हिजो (शुक्रवार) नेपालमा २ हजार ७२२ जनामा संक्रमण पुष्टि भएको थियो । ३ हजार ३०७ जना संक्रमणमुक्त भएका थिए भने ११ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया