एक जना पनि कोरोना संक्रमित नभएका यी ३ जिल्ला

काठमाडौं । नेपालमा कोरोना संक्रमित शुन्य रहेका ३ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालका ३ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।

कोरोना संक्रमण मुक्त ३ जिल्लाहरु

  • मनाङ
  • मुस्ताङ
  • डोल्पा

बितेको २४ घण्टामा नेपालमा थप २ हजार १२० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार ९७८ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जनासहित २ हजार १२० योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप २ हजार ४४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ७४० पुगेको छ । यो कुल संक्रमितको ७४.१ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २१ हजार ३०२ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ११ हजार ५२९ जना र संस्थागत आईसोलेसनमा ९ हजार ७७३ जना छन् । तिमध्ये २१७ जना संक्रमितको आईसियु र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार २७३ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिराहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५२८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ ।

हिजो (शुक्रवार) नेपालमा २ हजार ७२२ जनामा संक्रमण पुष्टि भएको थियो । ३ हजार ३०७ जना संक्रमणमुक्त भएका थिए भने ११ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?