काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप २ हजार १२० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार ९७८ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १ हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जनासहित २ हजार १२० योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार नेपालका ७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ७ जिल्ला
- काठमाडौं
- ललिपपुर
- भक्तपुर
- चितवन
- मोरङ
- रुपन्देही
- सिरहा
यस्तै बितेको २४ घण्टामा थप २ हजार ४४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ७४० पुगेको छ । यो कुल संक्रमितको ७४.१ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २१ हजार ३०२ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ११ हजार ५२९ जना र संस्थागत आईसोलेसनमा ९ हजार ७७३ जना छन् । तिमध्ये २१७ जना संक्रमितको आईसियु र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार २७३ जना रहेका छन् ।
डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५२८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ ।
हिजो (शुक्रवार) नेपालमा २ हजार ७२२ जनामा संक्रमण पुष्टि भएको थियो । ३ हजार ३०७ जना संक्रमणमुक्त भएका थिए भने ११ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया