डा. केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरमा हेर्नुहोस्)

काठमाडौं । डा. गोविन्द केसीको १९ औं अनशनको आज २० दिन पुरा भएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै निरन्तर अनसन बसिरहेका डा.केसी गत भदौ २९ गतेबाट जुम्लाबाट अनसन शुरु गरेका थिए । यसैबीच, सोलिडारिटी फर डा. गोविन्द केसी समूहले डा.केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।

उनको स्वास्थ्यमा समस्या आएसँगै उनलाई गत मंगलवार काठमाडौं ल्याइएको थियो । डा.केसीले आफू काठमाडौं आएपनि माग पुरा नभएसम्म सत्याग्रह नतोड्ने घोषणा गरेका छन् ।

काठमाडौं ल्याइएसँगै उनले आफू त्रिवि शिक्षण अस्पतालमा नै बस्ने भनेपनि प्रहरीहरुले उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा जबरजस्ती एम्बुलेन्सबाट उठाएर लगेका थिए । उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ ।

यस्ता छन् चिकित्सकहरुको माग : 

  • परिक्षा तत्कालको लागी स्थगित गर्ने ।
  • डा गोबिन्द केसीको जीवन रक्षाको माग गर्ने ।
  • विज्ञहरुले बनाएको र सुझाएको मस्यौदा अनुरुप परिक्षा हुनुपर्ने
  • नो कोटा नो बन्ड, फुल लिवर्टी ईन पिजी सीट

साथै, पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद गगन थापाले अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै जाँदा सरकार गम्भीर नभएको भन्दै जो जहाँ छौँ त्यहिँबाट आवाज उठाउन अनुरोध गरेका थिए ।

माइतीघरका प्रदर्शनका केही तस्वीरहरु : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?