काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म १० लाख ३३ हजार ३ सय ५६ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड ४८ लाख ३८ हजार २ सय ९ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट २ करोड ५८ लाख ९८ हजार ९ सय २६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार ३ सय २१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा २ लाख १३ हजार ५ सय २४ जनाको ज्यान गइसकेको छ । अमेरिकामा कुल संक्रमितको संख्या ७५ लाख ४९ हजार ३ सय २३ पुगेको छ ।
हालसम्म ४७ लाख ७६ हजार ८ सय २४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार १ सय ६६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया