बहराइनका राजकुमारसहितको टोली लोबुचे हिमालको चुचुरोमा

काठमाडौं । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले सोलुखुम्बुस्थित लोबुचे हिमालको सफल आरोहण गरेका छन् ।

आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकका अनुसार बहराइनका राजकुमारसहितको टोलीले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५० मिनेटमा आरोहण गरेको हो ।

हिमाल आरोहण गर्न भनेर बहराइनका राजकुमारसहितको टोली गत भदौ ३१ गते काठमाडौं आएका थिए । यो टोलीमा १५ जना बहराइनी र ३ जना बेलायती नागरिक छन् । टोलीले मनास्लु र लोबुचे हिमाल आरोहणको अनुमति पाएका छन् ।

Image may contain: one or more people, people standing, mountain, sky, outdoor and nature

Image may contain: one or more people, mountain, sky, cloud, outdoor and nature

Image may contain: sky, nature and outdoor

तस्वीर : सेभेन समिट ट्रेक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?