ताम्राकार कम्प्लेक्सबाट ७ लाख ५० हजार मूल्य बराबरको सामान चोरी गर्ने पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका २२ पाकोस्थित ताम्राकार कम्पलेक्सबाट ७ लाख ५० हजार मूल्य बराबरको मोबाइल र क्यामरा मिलेमतोमा चोरी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ताम्राकार कम्पलेक्सको पार्किङ गेटबाट मोबाइल र क्यामेरा रहेको झोला चोरी गरी फरार भएका पाँच जनालाई हिजो (शुक्रवार) प्रहरीले बौद्धबाट पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख सुनिलजंग शाहले लोकपथलाई जानकारी दिए ।

पक्राउ पर्नेमा काभ्रे जिल्ला पनौत वडा नं १० घर भई हाल काठमाडौं बस्ने २१ वर्षीय जनक तामाङ, प्रकाश तामाङ, दोलखा गौरिशंकर नगरपालीका वडा नम्बर ४ घर भई हाल बौद्ध बस्ने ४० वर्षका छिरिङ शेर्पा, काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौंको बौद्ध बस्दै आएका वर्ष २९ की सोमा रानी तामाङ र जिल्ला नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर २ घर भई हाल काठमाडौं बस्ने वर्ष २२ का अमृत राईलाई प्रहरुीले पक्राउ गरेको हो ।सीसीटिभी फुटेजको आधारमा प्रहरीले जनक तामाङलाई पक्राउ गरेपछि सोधपुछका क्रममा उनले आफूसहित प्रकाश तामाङसँग मिलेर चोरी गरेको स्विकारेका छन् ।

बौद्धमा चिया पसल अगाडि बसीरहेको अवस्थामा पक्राउ गरि सोधपुछ गर्दा आईफोन ११, २० हजार, क्यानोन कम्पनीको कालो कलरको क्यामेर १० हजार, अमृत राइले किनेको सेतो कलरको आईफोन २० हजार, सोमा तामाङले किनेको आईफोन २० हजार र छिरिङ शेर्पाले किनेको भनी खुलाई लेखाईरहेको अवस्थामा पक्राउ उनीहरु पक्राउ परेका हुन् । अहिले अदालतबाट म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?