मोडलले आँखामा बनाइन् ट्याटू, डिजाइनरको गल्तीले भयो क्षति !

काठमाडौं । पोल्याण्डकी एक मोडललाई आँखामा ट्याटू बनाउनु नै जीवनको लागि घातक सिद्ध भएको छ ।

पोल्याणकी मोडल एलेक्जेन्ड्रा सडोब्सका आँखामा ट्याटू बनाएकै कारण आँखाको ज्योति गुमाएकी छिन् ।

र्‍यापर पोपेक जस्तै देख्नको लागि उनले आफ्नो आँखामा ट्याटू बनाएकी थिइन् । तर डिजाइनरको गल्तीले उनको आँखाको ज्योती गुम्यो ।

डेली मेलका अनुसार उनले आईबल इन्जेक्शनको माध्यमले इंक हाल्न लगाइन् ।

उनले ट्याटू डिजाइनर पिओटर ए पायोत्रलाई आग्रह गरेकी थिइन् । तर उनको गल्तीले गर्दा अहिले उनी आँखा देख्न नसक्ने भएकी छिन् । – एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?