काठमाडौं । इटालियन क्लब इन्टर मिलानका फरवार्ड रोमेलु लुकाकुले युरोपा लिग फुटबलको ‘प्लेयर अफ दि सिजन’ अवार्ड हात पारेका छन् ।
सन् २०१९-२० को सिजन युरोपा लिग फुटबलका उत्कृष्ट खेलाडी बन्दै लुकाकुले ‘प्लेयर अफ दि सिजन’ अवार्ड हात पारेका हुन् । लुकाकुले च्याम्पियन टिम सेभियाका इभर बेनेगा र म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेस पछि पार्दै अवार्ड हात पारेका हुन् ।

लुकाकुको उत्कृष्ट प्रदर्शनमा इन्टर युरोपा लिगको फाइनलसम्म पुगेको थियो । लुकाकुले युरोपा लिगको ६ खेलमा ७ गोल गरेका थिए ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया