काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वान फुटबलमा जित हात पारेको छ । पीएसजीको जितमा नेयमारले दुई गोल गरेका थिए ।
शुक्रबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई ६–१ गोल अन्तरले पराजित गरेको हो । एलेसेन्ड्रो फलोरेन्जीको गोलमा सातौं मिनेटमा पीएसजीले अग्रता बनाएको थियो । ३६ औं मिनेटमा नेयमारले अग्रता दोब्बर बनाए । दोस्रो हाफको दोस्रो मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए ।
इस्माइल तुरको गोलमार्फत पाहुना टोली एन्जर्सले ५२ औं मिनेटमा खेल ३–१ को स्थितीमा ल्याएको थियो । ५७ औं मिनेटमा जुलियर ड्रेक्सलरले
गर्दै पीएसजीको अग्रता फराकिलो बनाउने काम गरे ।

इदरिसा गनाले ७१ औं मिनेटमा नेयमारको पासलाई सदुपयोग गर्दै पीएसजीलाई ५–१ को अवस्थामा पुर्याएका थिए । खेल सकिन ६ मिनेट अघि केलियन एम्बाप्पेले गोल गर्दै पीएसजीलाई ६–१ को फराकिलो जित दिलाए ।

पीएसजीले लिगमा लगातार ४ खेलमा जित निकालेको हो । रेनेस ५ खेलमा अपराजित हुँदै १३ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । पीएसजी १२ अंक जोडेर लिगको दोस्रो स्थानमा छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया