काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आजका लागि बोलाएको सचिवालय बैठक स्थगित गर्ने तयारी भएको बुझिएको छ ।
आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठक बालुवाटारमा बस्ने कार्यतालिका थियो ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच हिजो शुक्रबार भएको छलफलपछि सचिवालय बैठक बोलाउने निर्णय भएको थियो ।
पार्टीभित्र मन्त्रिपरिषद् पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवाद बढीरहेको सन्दर्भमा बोलाईएको सचिवालय बैठक निकै चासोपूर्ण रुपमा समेत हेरीएको थियो ।
तर बैठक आज नबसी भोलीका लागि बोलाउने तयारी भएको सचिवालयका एक सदस्यले लोकपथलाई जानकारी दिए ।
भोली (आईतवार) बस्ने बैठकमा पछिल्लो गतिविधि र मन्त्रीमण्डल पुर्नगठन लगायतका बारेमा छलफल हुने बताईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया