प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई गरे स्वास्थ्य लाभको कामना

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानिया मा हिजो कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको थियो।

प्रधानमन्त्री ओलीले ट्रम्पको ट्विटलाई मेन्सन गर्दै गए राति स्वास्थ लाभको कामना गरेका हुन्।

फोटो हेर्नुहोस् : 

ट्रम्प अस्पताल भर्ना
कोरोना पोजेटिभ भएपछि अमेरिकी राष्ट्रपति ट्रम्प आफ्नो घरमै बसेका थिए । तर श्वासप्रश्वासमा समस्या देखेपछि उनलाई मेरिल्याण्डको वाल्टर रीड हस्पिटलमा भर्ना गरिएको छ ।

ज्वरो र श्वास प्रश्वासमा समस्या भएकाले अस्पताल भर्ना गरिएको बताइएको छ । ट्रम्पको आज अन्य समस्याको बारेमा पनि टेष्ट हुनेछ । उनी अबको केहि दिन अस्पतालमा रहने छन् ।

ट्रम्पको जिम्मेवारी अब उप राष्ट्रपति माइक पेन्स र सीनेट स्पीकरले सम्हाल्ने भएका छन् ।

उनले शुक्रवार अस्पताल पुगेपछि १८ सेकेण्डको भिडियो बनाउँदै म ठीक छु भनेका थिए । उनी शुक्रवार नै हेलिकप्टरबाट अस्पताल पुगेका थिए ।

यो पनि पढ्नुहोस्
फेरि लकडाउन हुने वा नहुने भन्नेबारे बोल्यो स्वास्थ्य मन्त्रालय ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?