अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना, भिडियो शेयर गर्दै यस्तो भने

काठमाडौं । कोरोना पोजेटिभ भएपछि अमेरिकी राष्ट्रपति ट्रम्प आफ्नो घरमै बसेका थिए । तर श्वासप्रश्वासमा समस्या देखेपछि उनलाई मेरिल्याण्डको वाल्टर रीड हस्पिटलमा भर्ना गरिएको छ ।

ज्वरो र श्वास प्रश्वासमा समस्या भएकाले अस्पताल भर्ना गरिएको बताइएको छ । ट्रम्पको आज अन्य समस्याको बारेमा पनि टेस्ट हुनेछ । उनी अबको केहि दिन अस्पतालमा रहने छन् ।

ट्रम्पको जिम्मेवारी अब उप राष्ट्रपति माइक पेन्स र सीनेट स्पीकरले सम्हाल्ने भएका छन् ।

उनले शुक्रवार अस्पताल पुगेपछि १८ सेकेण्डको भिडियो बनाउँदै म ठीक छु भनेका थिए । उनी शुक्रवार नै हेलिकप्टरबाट अस्पताल पुगेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?