काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १० लाख ३३ हजार १७४ जनाको मृत्यु भएको छ भने ३ करोड ४८ लाख २३ हजार २१६ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै २ करोड ५८ लाख ८९ हजार ९७४ जना संक्रमण मुक्त भएका छन् भने ६६ हजार २९० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख १३ हजार ५२४ जाको मृत्यु भएको छ भने ७५ लाख ४९ हजार ३२३ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ४७ लाख ७६ हजार ८२४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २५ हजार लाख ५८ हजार ९७५ जना उपचाररत छन् ।
त्यस्तै १४ हजार १६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यस्तै अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १६ हजार ७५ जनाको मृत्यु भएको छ भने ८ लाख २६ हजार ६९० जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा अहिलेसम्म १६ हजार ३४५ जनाको मृत्यु भएको छ भने ७ लाख ९७ हजार १४४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा १४ हजार ५५७ जनाको मृत्यु भएको छ भने ७ लाख ११ हजार ८०४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै अमेरिकामा शुक्रवार मात्रै ५१ हजार ४०३ जना नयाँ संक्रमित थपिएका छन् भने ८६४ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया