कोरोना कहर : भारतमा १ लाख भन्दा धेरैको कोरोनाबाट मृत्यु, शुक्रवार कति ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १० लाख ३३ हजार १७४ जनाको मृत्यु भएको छ भने ३ करोड ४८ लाख २३ हजार २१६ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ५८ लाख ८९ हजार ९७४ जना संक्रमण मुक्त भएका छन् भने ६६ हजार २९० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ८७५ जनाको मृत्यु भएको छ भने ६४ लाख ७१ हजार ९३४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५४ लाख २५ हजार ७७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९ लाख ४५ हजार ९८२ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच भारतमा शुक्रवार ७९ हजार ९७४ जना संक्रमित थपिएका छन् भने १ हजार ७१ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?