भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले दशैँ–तिहारअघि नै सार्वजनिक यातायात थप सहज हुने बताएका छन् । उनले स्वास्थ्य मापदण्ड अपनाउँदै सार्वजनिक यातायात सामान्य अवस्थामै सञ्चालन हुने स्पष्ट पारे ।
सङ्घीय संसद् अन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा मन्त्री नेम्बाङले विश्वव्यापी कोरोना महामारी र भारी वर्षाका कारण विभिन्न राजमार्ग तथा पुलमा क्षति पुग्दा सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भए पनि दशैँ–तिहार, छठअगावै सहज भइसक्ने बताएको मन्त्री नेम्बाङको सचिवालयले जनाएको छ ।गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया