काठमाडौं । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले महामारीका कारण अपाङ्गता भएका महिलाको जीवनयापनमा सहज बताउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले त्यस्ता महिलाको समस्या नीतिगत, व्यवहारगत हिसाबले समाधान गरी तीन तहको सरकारबीच प्रभावकारी समन्वय, सहकार्यका साथ हित प्रवर्द्धन गर्न समितिले निर्देशन दिएको हो ।
समितिका सभापति नीरुदेवी पालले नेपालमा १.९४ प्रतिशत जनसंख्याका अपाङ्गता भएका व्यक्ति कोभिड –१९ का कारण बढी प्रभावित भएको देखिएको हुनाले दैनिक जीवनयापनमा अवरोध हुन नदिन सरकारले ध्यान दिनुपर्ने बताए ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तको व्यवस्थापन स्थानीय तहको एक अधिकार सूचीमा पर्छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया