काठमाडौं । जनता समाजवादी पार्टी सप्तरी (जसपा) का नेता कार्यकर्ताबीच कार्यक्रम नै हात हालाहाल भएपपछि पार्टीले उनीहरुलाई कारबाही गरेको छ ।
कारबाहीमा पर्नेमा भीमराज यादव र लक्ष्मण यादव रहेका छन् । जसपा जिल्ला कार्यसमिति सप्तरीको बैठकले भीमराजलाई राजविराज नगर कमिटी अध्यक्ष तथा जिल्ला सदस्य र लक्ष्मणलाई जिल्ला सदस्यबाट ६ महिनाको लागि निलम्बन गरेको जसपाका एक नेताले जानकारी दिए ।
राजविराजमा गत असोज ३ गते आयोजित एक विरोधसभा कार्यक्रममा नेता चितरञ्जन यादवलाई हातपात, गालीगलौज गर्दै मञ्चबाट गलहत्याएका थिए ।
उनीहरुसहित केहीले कार्यक्रमको शुरुवातमै आफूहरुलाई आसन ग्रहण नगराएको भन्दै होहल्ला गर्दै विरोध सभामा पुगेका थिए । आक्रोशित मुद्रामा पुगेका उनीहरुले उद्घोषण गरिरहेका यादवलाई मञ्चबाट जबरजस्ती तानेर मञ्चबाहिर निकालेका थिए ।
तत्कालीन समाजवादी पार्टीका पदाधिकारी र राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलको बसेको संयुक्त बैठकले अनुशासनहीन काम गर्ने उनीहरुर्ला पार्टीबाट निलम्बनको निर्णय गरेको गरेको हो ।
साथै उक्त बैठकले पार्टीको केन्द्रीय सदस्य भीमराज यादव र अशोक यादव तथा मधेस प्रदेश समितिका सदस्यका हैसियतमा सत्यनारायण यादवलाई आवश्यक कारवाहीका लागि सोही समितिमा सिफारिस गरेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया