संयुक्त राष्ट्रसंघका महासचिवले गरे यस्तो आग्रह

संयुक्त राष्ट्रसंघ । महिला सशक्तिकरणका लागि लाग्न संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले महिला सशक्तिकरणका लागि लाग्न आग्रह गरेका छन् ।

उनले राष्ट्रसंघीय एक महिला सम्मेलनमा सम्बोधन गर्दै महिला सशक्तिकरणका साथै उनीहरुको नेतृत्वको विकासका लागि लाग्न आग्रह रेका हुन् ।

उनले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई भने– यो समयमा महिलाको नेतृत्व विकास गर्ने र उनीहरुलाई नेतृत्वमा पुर्याउनका लागि प्रतिबद्धता गर्ने समय हो, यस पक्षमा सबै सदस्य राष्ट्रहरु लाग्नु आवश्यक पनि छ ।

उनले सन् १९९५ मा चीनको राजधानी बेइजिङमा भएको विश्व महिला सम्मेलनका क्रममा गरिएका प्रतिबद्धताहरुलाई पूरा गर्नुपर्ने पनि सो सम्बोधनका क्रममा बताएका छन् । महासचिव गुटर्रेसले भने– यो शक्तिको पनि कुरा हुन्छ र कुनै पनि देशले महिलालाई सत्तामा पनि पुरुष सरह नै बराबर प्रतिनिधित्व गराउनुपर्ने हुन्छ ।

विश्व महिला सम्मेलनको २५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजना गरिएको एक सम्मेलनलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन्।महामसचिव गुटर्रेसले महिलाको अधिकारको मुद्धा यो एक मानवअधिकारको पनि मुद्धा भएको धारणा राख्दै सो कुरा बताएका हुन् । उनले महिलालाई राज्य सत्ताका हरेक पदहरुमा पुरुष सरह नै प्रतिनिधित्व गराउने र अधिकार दिलाउने काममा अब लाग्नुपर्ने धारणा राखे ।

चौथो विश्व महिला सम्मेलन संयुक्त राष्ट्रसंघले नै चीनको राजधानी बेइजिङमा आयोजना गरेको थियो ।

त्यस सम्मेलनका क्रममा महिला अधिकार र राज्यका नीति निर्माणका तहहरुमा महिलाको पनि बराबर प्रतिनिधित्व गराउने विषयमा विश्वका देशहरुले प्रतिबद्धता व्यक्त गरेका थिए ।

महासचिव गुटर्रेसले बिहीबार सोही प्रतिबद्धता पूरा गर्नका लागि विश्वका देशहरु लाग्नुपर्नेमा जोड दिएका थिए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?