नेपालमा कोरोना अपडेट : काठमाडौंसहित देशभर थपिए हालसम्मकै धेरै संक्रमित, यस्तो छ पछिल्लो २४ घण्टाको विवरण

काठमाडौं । काठमाडौं उपत्यका सहित आज देशभरी अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा १६ सय ३८ गरी देशभरी २७ सय २२ जनामा संक्रमण देखिएको छ । १४ हजार ७ सय ३९ पीसीआर परीक्षण भएकोमा ९ सय ६५ महिला र १७ सय ५७ जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । आज काठमाडौंमा १२ सय ८०, भक्तपुरमा १ सय ९६ र ललितपुरमा १ सय ६२ जनामा संक्रमण देखिएको छ ।

आज नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ११ जनाको मृत्यु भएको छ । ४ जना महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । भक्तपुरमा ६१ वर्षिया र ५१ वर्षिया, काठमाडौंमा ६७ र सुर्खेतमा ७५ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको हो । यस्तै मोरङमा २७ वर्षिय, ललितपुरमा ३२ र ७० वर्षिय, मकवानपुरमा ७६ वर्षिय पुरुषको मृत्यु भएको छ । रुपन्देहीमा ६० वर्षिय, बाँकेमा ५२ र ५९ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु भएको सँख्या ५ सय २० पुगेको छ ।

आज ३ हजार ३ सय ७ जना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार ४ सय २, प्रदेश नम्बर २ मा १३ हजार ९ सय २८, बागमती प्रदेशमा १८ हजार ८ सय ५१ र गण्डकी प्रदेशमा ३ हजार ३ सय ७९ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ८१, कर्णाली प्रदेशमा ३ हजार २५ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ३० गरी आजसम्म ६० हजार ६ सय ९६ जना संक्रमित डिस्चार्ज भएका छन ।

देशभरी सक्रिय संक्रमित २१ हजार २ सय ३४ जना रहेका छन । आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ७०, प्रदेश नम्बर २ मा ६ सय २९, बागमती प्रदेशमा ६ हजार ५ सय ११ र गण्डकी प्रदेशमा ५ सय ३३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ५१, कर्णाली प्रदेशमा ४ सय २५ र सुदूरपश्चिम प्रदेशमा ३५ गरी देशभरी ९ हजार ४ सय ७४ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ६ सय ६७, प्रदेश नम्बर २ मा ६ सय , १२, बागमती प्रदेशमा ६ हजार ९ सय १८ र गण्डकी प्रदेशमा ५ सय ३२ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ९, कर्णाली प्रदेशमा २ सय ५९ र सुदूरपश्चिम प्रदेशमा ५ सय ६३ गरी ११ हजार ७ सय ६० जना संक्रमित होम आइसोलेसनमा रहेका छन । देशभरी २ सय १० जना आइसियु र २९ जना संक्रमित भन्टिलेटरमा उपचाररत रहेका छन ।

यस्तै हालसम्म नेपालका तीन जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् । मनाङ, मुस्ताङ, डोल्पामा हाल कोरोना संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ । भने हालसम्म काठमाडौंसहित ललितपुर, भक्तपुर, सिरहा, मोरङ
चितवन र रुपन्देही रुपन्देहीमा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

 

कुन जिल्लामा कति थपिए मृतक ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?