काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्र बिक्रम चन्द विप्लव समूहलाई वार्तामा आउनको लागि आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रम ओलीले वार्ता मार्फत समस्या समाधान गर्न सरकार तयार रहेको भन्दै त्यस्तो आग्रह गरेका हुन् ।
प्रम ओलीले विप्लव समूहको नाम नलिएपनि द्वन्दरत समूहहरुलाई वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेका हुन् ।
मानव अधिकार तथा सामाजिक अभियानको नेपाल घोषणासभालाई शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयलाई लहडको विषय नबनाउन पनि आग्रह समेत गरेका हुन् ।
राष्ट्र हितका लागि सबै शक्ति एक ठाउँमा रहेको सन्देश दिन भन्दै भन्दै उनले संविधान संशोधनलाई लहडको विषय बनाउन नहुने र आवश्यक्ता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसाको बाटो सबैले त्यागेर शान्तिपूर्ण बाटोमा आउनको लागि समेत आग्रह गरे ।
‘यस प्रणाली अन्र्तगत, संविधान अन्र्तगत यसलाई स्वीकारेर सहभागी भैसकेर पनि अन्यथा कमेन्ट गर्नुपनि उचित होइन । म सबैलाई आग्रह गर्न चाहान्छु हिंसाको बाटो सबैले त्यागौँ । अनावाश्यक असमझदारी र द्वन्द्वतर्फका प्रयासका कुराहरुलाई छाडौ । शान्तिका प्रयासलाई अगाडि बढाउन संवादको बाटोबाट हामी अगाडी बढाउन सक्छौँ । समस्या समाधान गर्न सक्छौँ । बसेर कुरा गरेर टुङ्ग्याउन सक्छौँ’ प्रम ओलीले भने ।
यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले समेत विप्लव समूहलाई शान्तीपूर्ण राजनीतिमा आउनका लागि आग्रह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया