‘ट्रम्पलाई कोरोना संक्रमण भएको खबर सुन्दा खुशीले हावामा उफ्रिएँ’ : अभिनेता वेस्ट

काठमाडौं । बेलायती एक्टर डोमिनिक वेस्ट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको थाहा पाएपछि खुशीले उफ्रिएका छन् ।

अभिनेताले गूड मर्निङ ब्रिटेन कार्यक्रममा बोल्दै ट्रम्पलाई कोरोना भाएको खबरले आफूलाई उत्साहित बनेको बताएका हुन् ।

त्यसपछि उनको अहिले सामाजिक सञ्जालहरुमा चर्को आलोचना भईरहेको छ । उनले कार्यक्रममा भनेका थिए, ‘खुशीका कारण म हावामा उफ्रिएँ, ‘जे भयो ठीक भयो, उनलाई अपदस्थ गर्न यसले बाधा नपुर्याओस्, त्यत्ति हो, कर्मको सिद्धान्त यहाँ लागू हुन्छ ।’

ट्रम्प र उनकी श्रीमती मेलानियालाई आज कोरोना संक्रमण पुष्टि भएको थियो । यसको जानकारी ट्रम्पले सामाजि सञ्जाल ट्वीटरमार्फत दिएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?