संसदको विशेष अधिवेशन बोलाउने कांग्रेसको मागमा जसपाको साथ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदको विशेष अधिवेशन बोलाउने मागमा जनता समाजवादी पार्टी (जसपा) ले साथ दिने भएको छ ।

संसदको प्रमुख प्रतिपक्षी दलको हैसियतले कोरोना महामारी नियन्त्रणमा सरकारले राम्ररी काम गर्न नसकेको भन्दै छलफलका लागि विशेष अधिवेशन बोलाउन कांग्रेसले माग गरेको छ । भने कांग्रेसको उक्त मागमा जसपाले पनि साथ दिने प्रतिवद्धता व्यक्त गरेको छ । अहिलेको समयमा संसदको विशेष अधिवेशन आवश्यक्ता रहेको ठहर गर्दै पार्टी सभापति शेरबहादुर देउवाले नेताहरुसँग छलफल बढाएका छन् ।

आगामी असोज १९ गते बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा उक्त विषयमा निर्णय गरि बैठकको संस्थागत निर्णय आएपछि संसदीय दलले दलले आवको प्रक्रिया अघि बढाउने कांग्रेसले जनाएको छ । र संसदमा रहेका अन्य दलहरु समेतको सहयोग र सहकार्यमा अधिवेशन बोलाउन दवाव दिइनेछ ।

गत असार १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हठात संसद अधिवेशन अन्त्य गरेका थिए । भने कांग्रेस लगायतका दलले तत्काल अधिवेशन अन्त्य गर्नका लागि आग्रह गरेका थिए । साथै कांग्रेसले केन्द्रीय समिति बैठक बोलाई त्यसको विरोध जनाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?