अभिनेता अक्षय कुमारको फिल्म सूर्यवंशी दिपावलीमा पनि रिलिज नहुने

काठमाडौं । भारतमा देशभर सिनेमा घर १५ अक्टोबरबाट खुल्दै छन् ।

पश्चिम बंगलामा भने १ अक्टोबरबाटै खुलिसकेका छन् । यसैबीच बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्र सूर्यवंशी दिपावलीमा पनि रिलिज नहुने भएको छ ।

मार्चको अन्तिम हप्तामा रिलिज गर्ने भनिए पनि कोरोनाका कारण फिल्म रिलिज हुन सकेको थिएन ।

रोहित शेट्टीद्वारा निर्देशित चलचित्रको रिलिज डेट दिपावलीबाट टरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?