कहिले रिलिज हुँदैछ अक्षय कुमारको फिल्म बेल बटमको टीजर ?

काठमाडौं । अनलकको प्रक्रिया शुरु भएलगत्तै बलिउड अभिनेता अक्षय कुमारले फिल्मको शूटिङ शुरु गरेका थिए ।

उनी बितेको दुई दशक यता सबैभन्दा धेरै फिल्ममा सक्रिय छन् । साथै हरेक वर्ष सबैभन्दा धेरै फिल्ममा काम गर्ने अभिनेताको रुपमा चिनिन्छन् ।

कोरोना कालमा पनि उनलाई सफिल्मको कमी थिएन । त्यस मध्येकै एक फिल्म बेल बटमको पहिलो टीजर अब छिटै आउने भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार टीमले १ मिनेट लामो टीजर सार्वजनिक गर्नेछ । यो ४ अक्टोबरमा जारी गरिने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?