स्रोत नखुलेको १५ लाख नगदसहित भारतीय नागरिक पक्राउ

रौतहट । जिल्लाको गौर नगरपालिका-२ महादेवपट्टीबाट स्रोत नखुलेको नेपाली नगद १५ लाख रुपैयाँ सहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत सितामढीका २० वर्षीय राजु कुमार कहार रहेका छन् ।

भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका कहारलाई सोही ठाउँमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट श्रोत नखुलेको उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?