संघीयता कार्यान्वयनका लागि तत्काल कानुन निर्माण आवश्यकः शर्मा

काठमाडौं, ३० फागुन । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले संघीयता कार्यान्वयनको पहिलो शर्त कानुन निर्माण भएको बताएका छन् ।आज काठमाडौंमा आयोजित प्रदेश सांसदहरुको परिचयात्मक कार्यक्रममा बोल्दै पूर्वमन्त्री शर्माले संघीयता कार्यान्वयनका लागि तत्काल कानुन निर्माणमा लाग्न सरकार तथा प्रदेशसभा सांसदहरुलाई आग्रह गरे ।कर्णाली प्रदेशका जनताले संघीयता र गणतन्त्र निर्माणका लागि सबैभन्दा ठूलो वलिदान गरेका कारण संघीयता कार्यान्वयनको नेतृत्व लिन पनि कर्णाली प्रदेशलाई सहज हुने उनको भनाई छ ।कर्णाली प्रदेशमा जस्तो सुकै अभाव र कठीनाई भोग्न सक्ने तथा राजनीतिक रुपमा सचेत श्रमशील जनताको साथ रहेको भन्दै समृद्धिको योजना कार्यान्वयन गर्न सजिलो रहेको शर्माले बताए । उनले कर्णालीको समृद्धिको लागि पानी, पर्यटन र यहाँ उत्पादीत जडिवुटी नै प्रर्याप्त रहेको बताए । त्यसका लागि कुशल नेतृत्वको आवश्यकता रहेको बताउँदै जनप्रतिनिधिहरुले त्यो भूमिका पूरा गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?