आज पनि वामदेवको मुद्धा ‘हेर्दाहेर्दै’मा, कहिले हुन्छ सुनुवाई ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम विरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई आज पनि नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ।

प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको संवैधानिक इजलासले मुद्दा सुनुवाई गरिरहेको छ। गत बुधवार हेर्दाहेर्दैमा राखी आजको लागि सुनुवाईको मिति तय गरिएको थियो । साथै अब आउने बुधवार मात्रै मुद्धाको सुनुवाई हुने भएको हो ।

आज दुई सरकारी वकिल र वामदेव पक्षका केही कानून व्यवसायीहरूले बहस गरेका थिए।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले बुधबार सुनुवाई नसकिएपछि उनीविरुद्ध परेको मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो ।

बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुबै पक्षबाट बहस भए पनि अझै बहस गर्ने क्रम नसकिएकोले आज सम्मलाई सुनुवाई सारेको थियो ।

नेकपा उपाध्यक्ष गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले उक्त मनोनय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सो रिटमाथि गत असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले उनको पद यथास्थितिमा राख्न र उनलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?