काठमाडौं । नेपाली कांग्रेसको आगामी १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै नेताहरुको आन्तरिक तयारीमा नेताहरु जुटेका छन् । आगामी महाधिवेशनमा को सभापतिको उम्मेद्वार बन्ने भन्ने कुराले नेताहरुबीच होडबाजी चल्न थालेको छ ।
ती मध्ये एक हुन् पार्टी उपसभापति विमलेन्द्र निधी । सभापति शेरबहादुर देउवा निकट मानिएका निधी आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेद्वार बन्ने तयारीमा लागेका छन्। सभापति देउवा देउवा इतरका नेताहरु एक भएर देउवाविरुद्ध मोर्चाबन्दी गरिरहँदा देउवाको खास भनिएको निधीले साथ छोड्ने हल्लाले महाधिवेशनमा थप तरंग पैदा हुने संकेत देखिएको छ ।
देउवा इतर सबै एक भएर नेतृत्व हत्याउन लागिरहँदा देउवाका निकटस्त मानिएका निधीले भने आफै सभापतिको उम्मेद्वारी दिनेगरी तयारी गरिरहेको उनी निकट स्रोतले बताएको छ । स्रोतका अुनसार निधीले देउवाको समेत साथ खोजेर सभापतिको उम्मेद्वार बन्ने दाउमा रहेका छन् । आगामी महाधिवेसनको तयारी स्वरुप काठमाडौंमा रहेका नेताहरुसँग प्रत्यक्ष भेटघाट तथा जिल्ला र देशभर उनले टेलिफोनमार्फत माहोल आफ्नो पक्षमा बनाउने तरखरमा लागेका छन् ।
उपसभापति निधिले साउन अन्तिम साता बूढानीलकण्ठमा सभापति देउवासँग भेटी १४ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन आवश्यकता देखिएको भन्दै आफूलाई सघाउन आग्रह गरेका थिए । साथै सभापति देउवाले भने १४ औँ महाधिवेशनमा आफूलाई सघाउन र १५ औँ महाधिवेशनका लागि सभापति पदको तयारी गर्न आग्रह गरेका थिए ।
तर उपसभापति निधी भने देउवालाई नै सहमतीमा ल्याएर आफू नै सभापतिको उम्मेद्वार बन्ने दाउमा रहेको उनी निकट स्रोतको दावी रहेको छ । यदि देउवाको साथ नपाएपनि उनी सभापतिको उम्मेद्वारको लागि तयारी गरिरहेको बताएका छन् । आन्तरिक तयारी गरिरहेका पनि उनले सार्वजनिक कार्यक्रममा भने औपचारिक रुपमा सभापतिको घोषणा भने गरिसकेका छैनन् ।
देउवा निधीको भेटघाटमा देउवाले १३ औँ महाधिवेसनमा नै आफूलाई सभापतिको उम्मेद्वारको लागि बचन दिइसकेको कुरा भएको बाहिरिएको थियो । तर निधीले भने उक्त कुरामा पूर्ण सहमती नजनाई आगामी नेतृत्वका लागि सहज वातावरण बनाउन लागेको प्रतिक्रिया दिएका थिए ।
यता वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह लगायत सबै एक ठाँउमा भएर महाधिवेशनमा जाने भनिएपनि त्यहाँ एकमत हुन सकेका छैनन् । कृष्ण सिटौला पक्षले भने पौडेललाई साथ नदिने संकेत देखाइसकेका छन् ।
त्यस्तै नेतृ सुजाता कोइराला समेत पौडेल समूहको कार्यशैलीले पार्टी एक भएर जान नसक्ने संकेत देखिएको उनले सार्वजनिक कार्यक्रमहरुमा बताउँदै आएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया