काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।
अहिले सीबीआईले उनको मृत्युको कारण आत्महत्या हो वा हत्या हो भन्ने बारेमा अनुसन्धान गरिरहेको छ ।
यसैबीच फिल्ममेकर र करणी सेनाका नेता सुरजीत सिंह राठौरले नयाँ दाबी गरेका छन् ।
राठौरले सुशान्तको मृत्यु भएको अघिल्लो रात १३ जूनमा बलिउड अभिनेत्री तथा सुशान्तकी प्रेमिका रिया चक्रवर्ती सुशान्तकै घरमा रहेको दाबी गरेका छन् । तर त्यहि राती झगडा परेपछि रियाले सुशान्तको घर छोडेर गएको उनले बताएका छन् ।
![]()
भारतीय सञ्चारमाध्यमका अनुसार सुशान्तको मृत्यु भएको तीन महिना पछि यो खुलासा किन गरिँदै छ ? भनेर सोद्धा सुरजीतले सीबीआईले आफूलाई सम्पर्क नगरेको बताएका थिए ।
उनले अगस्टमा रियाले सुशान्त्लाई जलाउन लाग्दा सरी बेबी भनेको समेत खुलासा गरेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया