प्रदेश नं ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय

काठमाडौं । प्रदेश नं ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय भएको छ ।

लामो छलफल र विवादपछिछि शुक्रवार प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको हो ।

प्रदेशको राजधानी तोक्ने कुरामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा पनि छलफल भइ सहमती भएसँगै प्रदेश सरकारले उक्त निर्णय गरेको हो ।

जसअनुसार भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरिएको स्रोतले जनाएको छ ।

प्रदेशको स्थायी राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन ।

दाङ, कपिलवस्तु वा रुपन्देही वा अन्य कता राख्ने भन्ने विषयमा सहमती जुट्न नसक्दा प्रदेशको राजधानीका विषयमा मतभेद रहेको थियो ।

तर प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल भने दाङमा नै राजधानी बनाउने पक्षमा रहेका थिए ।

अहिले प्रदेश ५ को अस्थाई राजधानी अहिले बुटवलमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?