काठमाडौं । हाथरस सामूहिक बलात्कार केसले सारा भारत तताएको छ ।
भारतमा हाथरसमा भएको सामूहिक बलात्कार प्रकरणमा प्रदर्शनमा उत्रिएका भारतीय कांग्रेस दलका नेताहरु र प्रहरीबीच झडप भएको हो ।
हाथरसकी एक किशारीको सामूहिक बलात्कार गरिएको र उनको जिब्रो काटिदिएको साथै कम्मर र घाँटी भाँचिदिएर छोडिएको थियो ।
त्यसपछि उनलाई अस्पताल लगेर उपचार गर्दा १५ दिनका दिन उनको मृत्यु भएको थियो । त्यसपछि उक्त केसको निष्पक्ष माग गर्दै भारतमा विपक्षी दल कांग्रेसहित आम नागरिकहरुले प्रदर्शन गरिरहेका छन् ।
#WATCH: TMC delegation being roughed up by Uttar Pradesh Police at #Hathras border. The delegation, including Derek O'Brien, was on the way to meet the family of the victim of Hathras incident. pic.twitter.com/94QcSMiB2k
— ANI (@ANI) October 2, 2020
पीडित परिवारलाई बिहीवार भेट्न गएका भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी र कांग्रेस महासचिव प्रियंका गान्धीलाई प्रहरीले गिरफ्तार गरेपछि आन्दोलन झनै चर्किएको हो ।
आज भएको आन्दोलनका क्रममा प्रहरीले धक्का दिँदा टीएमसी सांसद डेरेक ओ ब्रयन जमीनमा लडेको बताइएको छ ।
#WATCH We were going to meet her family but there were not allowing us. When we insisted, the women Police personnel pulled at our blouses and lathi-charged at our MP Pratima Mondal. She fell down. The male Police officers touched her. This is shameful: Mamata Thakur, TMC https://t.co/404nqZhjl5 pic.twitter.com/Nxc9SLeMWY
— ANI (@ANI) October 2, 2020
हिजोको प्रदर्शनमा पनि प्रहरीको धक्काबाट राहुल गान्धी जमीनमा ढलेका थिए । त्यस्तै आजको आन्दोलनमा महिला सांसदहरुले प्रहरीले आफ्नो ब्लाउज तानेको बताएका छन् ।
महिला नेतृ ममता ठाकुरले महिला पुलिसकर्मीहरुले आफ्नो ब्लाउज तानेको र लाठीचार्ज गरेको बताएकी छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया