मास्कका लागि जहिल्यै नेगेटिभ रहेका ट्रम्प भए कोरोना पोजेटिभ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको छ ।

उनीसहित उनकी श्रीमती मेलानिया ट्रम्प पनि कोरोनाबाट संक्रमित बनेकी छन् ।

बिहीवार ट्रम्पकी सिनियर एडभाइजर होप हिक्सलाई कोरोना संक्रमण भएपछि कोरोना टेस्ट गराउँदा ट्रम्प दम्पतीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

मास्क लगाउन जहिल्यै नेगेटिभ रहेका उनलाई कोरोना पोजेटिभ भएको हो । उनले सामाजिक सञ्जाल ट्वीटरमा यसको बारेमा जानकारी दिएका छन् ।

प्रेशिडेन्शियल डिबेट आउन १३ दिन मात्र बाँकि रहँदा उनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?