काठमाडौं । काठमाडौं महानगरपालिकाले डेरामा बस्नेहरुलाई अनिवार्य पीसीआर परीक्षणको लागि दवाव नदिनको लागि घरधनिहरुलाई आग्रह गरेको छ ।
पछिल्लो समय बाहिरबाट काठमाडौं उपत्यका भित्रिनेको संख्या बढिरहेको छ । कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै घरधनीहरुले अनिवार्य पीसीआर परीक्षणको रिपोर्ट देखाउनको लागि दवाव दिएको भन्ने गुनासाहरु आएको कारण महानगरले त्यस्तो आग्रह गरेको हो ।
महानगरले आज एक सूचना सार्वजनिक गर्दै महानगर क्षेत्रभित्र डेरा गरि बस्नेहरुलाई जबरजस्ती पीसीआर परीक्षणको लागि बाध्य नपर्न अनुरोध गरेको छ ।
‘केही दिन यता काठमाडौं महानगर क्षेत्रभित्र डेरा गरी बसोबास गर्नेलाई घर धनीले अनिवार्य पिसिआर रिपोर्ट आवश्यक पर्ने भन्ने गुनासो आएकाले जवर्जस्ती परीक्षणका लागि बाध्य नपार्न अनुरोध गरिएको छ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
विभिन्न उद्योगधन्दामा काम गर्नेहरुलाई अनिवार्य पीसीआर परीक्षण गर्नका लागि घर धनिहरुले दवाद दिएको भन्ने गुनासो आएको भन्दै महानगरले त्यस्तो आग्रह गरेको हो ।
देशका विभिन्न जिल्लाबाट काठमाडौं आएकाहरुलाई अनिवार्य पीसीआरको रिपोर्ट लिएर आउनु भन्ने दवावका कारण टेकु लगायतका अस्पतालहरुमा मानिसहरुको भीडभाड बढिरहेको छ । जसका कारण कोरोना संक्रमणको जोखिम थप बढिरहेका बेला महानगरले त्यस्तो निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया