काठमाडौं । कोरोना भाइरसका महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले विश्वमा हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।
यसैबीच भारतमा अब संक्रमणबाट प्रत्येक दिन तीव्र रुपमा कोरोना संक्रमितको मृत्यु भईरहेको छ ।
प्रत्येक दिन जसो नै भारतमा कोरोना भाइरसका कारण ८ सयको दरले मृत्यु भईरहेको हो ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका कारण ९९ हजार ८३३ जनाको मृत्यु भईसकेको छ भने ६३ लाख ९७ हजार ८९६ जनालाई कोरोना संक्रमण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया