काठमाडौं । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीसहित सहायक प्रजिअ विक्रम थापालाई पनि कोरोना भाइरस संक्रमण भएको छ ।
ज्वरो र रुघाखोकी जस्ता सामान्य लक्षण देखिएपछि कोरोना टेस्ट गर्दा पौडेललाई कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
सहायक प्रजिअ थापालाई भने हालसम्म कोरोनाका कुनै पनि लक्षण देखिएको छैन । उनीहरु कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया