महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा भारतद्वारा नेपाललाई ४१ एम्बुलेन्स र ६ बस उपहार

काठमाडों । भारत सरकारले नेपालका ३० जिल्लाका सरकारी तथा गैरनाफामूलक संघ संस्थालाई एम्बुलेन्स र बस उपहार दिएको छ ।

महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीको अवसरमा भारतले नेपाल सरकारलाई ४१ एम्बुलेन्स र ६ बस उपहार दिएको हो ।

Image

कार्यक्रममा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले दूतावास परिसरमा रहेको महात्मा गान्धीको प्रतिमामा पुष्प गुच्छा अर्पण गरी उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Image

सदाझैँ एम्बुलेन्स र बसहरु उपहार स्वरुप प्रदान गर्ने परम्परालाई निरन्तरता दिँदै भारतीय राजदूतावास, काठमाडौंले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहार स्वरुप प्रदान गरेको बताइएको छ ।

यी संघ संस्थाहरु नेपालका दुर्गम जिल्ला लगायतका विभिन्न ३० जिल्लामा छरिएर रहेका छन् ।

Image

विभिन्न क्षेत्रमा आधारभूत स्वास्थ्य पहुँच विस्तार गर्न हेतु दूतावासले विगत लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई हरेक वर्ष एम्बुलेन्स तथा विद्यालयका लागि बस उपहार स्वरुप प्रदान गर्दै आएको छ ।

सन् १९९४ देखि आज सम्म भारतीय राजदूतावासले नेपाललाई झण्डै ८२३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको छ ।

Image

राजदूतावासले यो वर्ष पहिलो पटक तीन प्रकारका एम्बुलेन्स प्रदान गरेको थियो । यी तीनै प्रकारका एम्बुलेन्सहरु नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?