काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र श्रीमती मेलानिया ट्रम्पलाई कोरोना संक्रमण भएको छ ।
ट्रम्पले निजी सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण भएपछि टेस्ट गराएका ट्रम्पलाई कोरोना संक्रमण भएको हो ।

उनले सोसल मिडिया ट्वीटर मार्फत यो जानकारी दिएका हुन् । अब दोश्रो प्रेसिडेन्शियल डिबेट हुन १३ दिन बाँकी रहँदा उनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनी दोश्रो डिबेटमा जाने सम्भावना कम रहेको छ । किनभने अब १४ दिनसम्म उनी क्वारेन्टाइनमा नै रहने छन् ।
Tonight, @FLOTUS and I tested positive for COVID-19. We will begin our quarantine and recovery process immediately. We will get through this TOGETHER!
— Donald J. Trump (@realDonaldTrump) October 2, 2020
ट्रम्पले दुई पटक मात्रै सार्वजनिक रुपमा मास्क लगाएका छन् ।
१२ जुलाईमा उनी वाशिंगटनको वल्टर रीड मिलिट्री हस्पिटलका बेला मास्क लगाएर गएका थिए । उनले त्यो बेला नीलो रङको मास्क लगाएका थिए ।

त्यस्तै सुप्रिम कोर्टकी दिवंगत जस्टिस गिन्सबर्गको श्रद्धाञ्जली दिन जाँदा मास्क लगाएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया