वैज्ञानिक स्टीफन हकिङ्गको निधन

काठमाडौ,३० फागुन । विश्वका चर्चित भौतिकशास्त्री वैज्ञानिक स्टीफन हकिङ्गको निधन भएको छ । हकिङ्गकाको ७६ वर्षको उमेरमा निधन भएको हो ।हकिङ्गले पानवाणिक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयूले चुनौती थपिरहेको पटक–पटक बताउने गरेका थिए ।हकिङ्गको जन्म सन् १९४२ को जनवरी ८ मा बेलायतको अक्सफर्डसायरमा भएको थियो ।जलवायु परिवर्तनबाटबाट मानवजातिलाई जोगाउने एक मात्र उपाय भनेको अर्को बस्नयोग्य ग्रह पत्ता लगाउनु हो हकिङ्गले भनेका थिए ।उनको जीवनीमा आधारित भएर सन् २०१४ मा द थेउरी अफ एभ्रीथिङ नामक चलचित्र नै बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?