राष्ट्रपति ट्रम्प र उनकी पत्नीमा देखियो कोरोना संक्रमण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राष्ट्रपति ट्रम्पले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको ट्वीटमार्फत जानकारी दिएका हुन् ।

कोरोना संक्रमण पुष्टि भएसँगै आफूहरु क्वारेन्टाइनमा बस्ने तयारी गरिरहेको राष्ट्रपति ट्रम्पले जनाएका छन् ।

यसअघि उनका सहयोगी होप हिक्समा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

आगामी नोभेम्बर ३ मा अमेरिकी राष्ट्रपतिको निर्वाचन हुँदैछ । पुनः राष्ट्रपतिको उम्मेद्वार बन्ने घोषणा गरिसकेका ट्रम्पमा कोरोना देखिएपछि राष्ट्रपति निर्वाचनमा प्रभाव पर्ने देखिन्छ ।
त्यस्तै उपराष्ट्रपति माइक पेन्सको पनि कोरोना परीक्षण गरिएको छ । उनको भने रिपोर्ट आउन बाँकी रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

साथै यसअघि ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना संक्रमण देखिएर निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?