काठमाडौं – रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पतालको भेन्टिलेटरमा राखेर दुई दिनदेखि उपचार गराइरहेको अवस्थामा गएराति निधन भएको हो ।
विश्वभर सबैभन्दा ठूलो स्वास्थ्य चुनौतिका रुपमा रहेको कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणबाट नेपालमा ५०० जनाभनदा धेरैको मृत्यु भईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया