‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड लेवान्डोस्कीको पोल्टामा

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड हात पारेका छन् ।

सन् २०१९-२० को सिजन उत्कृष्ट खेलाडी बन्दै लेवान्डोस्कीले ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड हात पारेका हुन् ।

लेवान्डोस्कीले फरवार्ड अफ दि सिजन अवार्ड समेत हात पारेका छन् ।

Lewandowski wins UEFA Player of the Year award

लेवान्डोस्कीले मनोनयनमा परेका म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएन, बायर्नकै गोलकिपर मानुएल नुएर पछि पार्दै अवार्ड हात पारेका हुन् । गत सिजन लेवान्डोस्कीले लिगमा ३४ गोल गरेका थिए । यस्तै च्याम्पियन्स लिगमा लेवान्डोस्कीले १५ गोल गरेका थिए ।

बायर्नकै जोसुवा किमिचले डिफेन्डर अफ दि इयर अवार्ड जित्दा गोलकिपर अफ दि इयर अवार्ड बायर्नकै म्यानुएल नुएरले जिते । मिडफिल्डर अफ दि इयर अवार्ड भने म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएनले हात पारे ।

प्रशिक्षक अफ दि इयर अवार्ड पुरुषतर्फ बायर्नका हान्सी फ्लिक र महिलातर्फ लियोनका जान लुक भासेरले हात पारे । महिलातर्फ ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड वल्फ्सबर्गका पेर्निल हार्डरले जितिन् ।

यस्तै उत्कृष्ट गोलकिपर सारा बुहाद्दी , उत्कृष्ट डिफेन्डर वेन्डी रेनार्ड, उत्कृष्ट मिडफिल्डर जेनिफर मारोज्सान र उत्कृष्ट फरवार्ड पेर्निल हार्डरले हात पारिन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?