२ वर्ष पहिला गायब भएकी महिला समुन्द्रमा तैरिरहेको पाइएपछि ! (भिडियोसहित)

काठमाडौं । कोलम्बियामा एक अनौठो घटना भएको छ । त्यहाँकी एक महिला आज भन्दा २ वर्ष पहिला देखि नै हराएकी थिइन् । तर उनी दुई वर्ष पछि प्यूर्टो कोलम्बियाको तटमा करिव १.५ किमी टाढा तैरिरहेको पाइएपछि सबै चकित बनेका छन् ।

पत्रिका द सनका अनुसार माझीले जब महिलालाई पानीमा तैरिरहेको देखे तब उनले उनको ज्यान बचाएका थिए ।

जानकारीका अनुसार ४६ वर्षीय माझी रोल्याण्डो विसबल र उनका साथी प्यूर्टो तटमा गएका थिए ।

त्यहि बेला उनीहरुले उक्त महिलालाई तैरिरहेको देखर महिलाको ज्यान बचाएका थिए । महिलाको नाम एन्जेलिका गितान रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?