काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा दोस्रो जित हात पारेको छ । बिहिबार रातिभएको खेलमा बार्सिलोनाले सेल्टा डी भिगोलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ११ औं मिनेटमा फातीले बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमै बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो । ४२ औं मिनेटमा क्लेमेन्ट लेन्गलेट दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएका थिए ।

५२ औं मिनेटा लुकास ओलजाको आत्मघाति गोलसँगै बार्सिलोना २–० ले अघि बढेको थियो । दोस्रो हाफको इन्जुरी समयमा सेर्गी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए ।
बार्सिलोनाले २ खेलबाट ६ अंक जोडेको छ । सेल्टा डी भिगोले ४ खेलबाट ५ अंक जोडेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया