काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न दाहाल केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
पार्टी एकतापछी पटक पटक एकलौटी निर्णय गरेका प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यसचिवसहित राजदूत नियुक्तिमा छलफल नै नगरी अघि बढेको भन्दै असन्तुष्टि जनाएका दाहाल ओलीलाई भेट्न पुगेका हुन् ।
पार्टीको निर्णयविपरीत प्रधानमन्त्रीले गरेका नियुक्तिको कारण नेकपाका नेताहरु ओलीसँग चिढीएका छन् ।
पछिल्लो समय लामो रस्साकस्सीपछि थामथुम भएको नेकपा विवाद राजदूत नियुक्ति प्रकरणले फेरि सतहमा आएको छ ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले राजदूतलगायतका नियुक्ति अध्यक्ष पुष्पकमल दाहालको सल्लाहबिना गरेपछि हिजो (बिहीबार) हुने भनिएको दुई अध्यक्षको भेटघाटसमेत रोकिएको थियो ।
यो पनि पढ्नुहोस् :
प्रचण्ड रिसाए ओलीसँग, असन्तुष्टी बढ्यो !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया