काठमाडौं – उत्तर पश्चिम बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ ।
यसको प्रभाव रहेसम्म नेपालमा मनसुन केहि दिन लम्बिने रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मंगलबार रातिबाट देशका विभिन्न भागमा वर्षा भइरहेको छ । यो क्रम अझै केही दिन रहने विभागको भनाई छ ।
सामान्यतः सेप्टम्बर २३ सम्ममा नेपालमा मनसुन अन्त्य हुने भए पनि यो वर्ष मनसुन केही लम्बिएको छ ।
बिहीबार पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न भू-भागमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।
विभागका अनुसार अझै केही दिन मनसुन रहनेछ । आज काठमाडौंको आकाश धुमिल छ । अपरान्हपछि काठमाडौं उपत्यकामा वर्षा हुनेछ ।

कहाँ कस्तो छ मौसम पूर्वानुमान ?
आज दिउँसो प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति प्रदेश १, प्रदेश २, वाग्मती प्ररदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया